Amarbhumi (अमरभूमि )

SKU:

Rs. 700

In Stock

Out of Stock

सुख, समृद्धि र अमरत्वको कामना सबै व्यक्ति र समाजमा कुनै न कुनै रूपमा हुने रहेछ । यसैको खोजीमा जीवनचर्या, सामाजिक गतिविधि र जीवनदर्शन हुने रहेछ । यही सिलसिला आठौं शताब्दीतिर हिमालका कन्दराहरुमा संसारी दुःख भन्दा परको सुखमय गोप्य क्षेत्र रहेको भविष्यवाणी भएको रहेछ । समयक्रममा बिर्सिन पुगेका ती ‘लुकेका क्षेत्रहरु’ सन् १९६० को दशक राजनैतिक, सामाजिक उथलपुथल, कठिनाइँ आउँदा फेरि खोजिन थालिएको रहेछ । भलै ती यात्राहरु पनि रहस्यको गर्भमै फेरि हराउन पुगेका रहेछन् । हाम्रो हुम्लातिर भने गाउँघरमै अमनचैनले त्यो गोप्य क्षेत्रको विषयले त्यति महत्व पाएनछ । तर विगत केही दशकका सामाजिक, आर्थिक उथलपुथल, कलह र व्यक्तिगत जीवनका कठिनाइहरु आफंैसामु आइपुगेपछि सुख, शान्ति र अमरत्वको खोजी हामीले पनि थाल्नुपर्ने भयो । त्यही सिलसिला सामाजिक विकास, राजनैतिक परिवर्तन, भूगोलको सयर गर्दै अन्तर्मनको आरोह अवरोहहरुमा पनि पुगें । त्यसैक्रममा विगतका पाइलाहरु पछ्याउँदै, हिमालय क्षेत्रमा विरलै जानिएका पात्रहरु, तिनका ध्यान अनुभूति, जीवन, जगतका रहस्यहरू खोतल्न पुगें । त्यही क्रममा कुनै समय सुरु भइ फेरि गुमनाम बनेका अमरभूमिका बाटाहरु, पुराना पाइलाहरु पछ्याउन पुगें । तिनै वृतान्त र अनुभूतिहरु समेटेर लेखिएको हो, अमरभूमि ।

अमरभूमि दिगो सुख, अमरत्वको खोजीमा एक हिमालीको यात्रा वृतान्त

सर्वाधिकार © जिग्मे लामा (नर बहादुर) प्रथम संस्करण, विसं २०८०, माघ ISBN 978-9937-150-41-5 तस्वीरहरुः जिग्मे लामा, मार्क कोनर, एन्जेला मिलानी आवरण कला÷लेआउट राजकुमार प्रजापती डिजाइन पवन शाक्य मुद्रण कर्मा प्रेस प्रा. लि. मूल्यः रु. ७००÷– यस पुस्तकको कुनै पनि अंश वा पुरै पुस्तक लेखकको अनुमतिबिना कुनै पनि माध्यमद्वारा पुनरुत्पादन, प्रसारण वा फोटोकपी गरिएको पाइएमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कारबाही गरिनेछ ।

0

Average Rating Out of 5

No Review Yet.